१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गौर हत्याकाण्डका अपराधीलाई बचाउन जालझेल सुरु: प्रभु साह

फाइल तस्बिर

 आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका अपराधीहरूलाई बचाउन फेरि जालझेल तथा षड्यन्त्र सुरु भएको बताएका छन् ।

रौतहटको मौलापुरमा पार्क होटेल रेस्टुरेन्टको उद्घाटन गर्दै नेता साहले गौर हत्याकाण्डका अपराधीहरूलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

२०६३ चैत ७ गते रौतहट सदरमुकाम गौरस्थित राइस मिल फिल्डमा २८ जनाको ज्यान जाने गरी भएको काण्डका दोषीमाथि कारबाही हुनुपर्ने साहले माग गरेका छन्।

कार्यक्रममा मौलापुर नगरपालिकाद्वारा माछा व्यवसायी, तरकारी खेती गर्ने किसान तथा खेतमा तीन बाली उत्पादन गर्ने किसानलाई विभिन्न किसिमका कृषि सामग्रीहरू निःशुल्क प्रदान गरिएको छ ।

मौलापुर नगरपालिकाको किसानलाई उत्पादनमूलक तथा प्रतिस्पर्धी बनाउन नगरपालिकाले निरन्तर सहयोग गरिरहेको नगर प्रमुख रिनाकुमारी साहले बताएकी छिन्।

मौलापुर नगरपालिकाले किसानलाई कृषि मिटर तथा सिँचाइमा लाग्ने सम्पूर्ण विद्युत बिल तिर्दै आएको छ ।

प्रकाशित: ९ श्रावण २०८० १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App