१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता: पम्फा भुसाल

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छिन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन। उनले  एकीकृत हुनुपर्ने बेलामा कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन। उनले अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने धारणा राखिन।

उनले समाजवादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पु¥याउने र बलियो कम्युनिस्ट पार्टी बनाउने बताइन। अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिस्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने जानकारी दिइन। 

उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिस्ट पार्टी बनाउने भुमिका निभाउने बताइन। उनले कम्युनिस्टहरू एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरूको उदय हुने बताइन।   

प्रकाशित: ६ श्रावण २०८० १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App