२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्योः नेता कोईराला

सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन्।  

बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशमा दण्डहीनताले सीमा नाघेको बताए। उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरुमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए। उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताए। लोकरिझाईंको राजनीतिले देशलाई बिगारीसकेको उनले बताए। लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने उनको भनाइ छ। नेता कोईरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताए।

उनले भने, ‘अहिले विश्वमै हेर्नुभयो भने राष्ट्रियताको आडमा लोकरिझाँई भन्छन् नि, लोकप्रियतावादी, पपुलिजमका कुरा गरेर हामी आफूलाई स्थापित गर्न खोजिरहेका छाँै। दुनियाँमा नै। ट्रम्पले गरेको हेर्नुभयो नि, उ अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति थिए। अरु सबै देशको, चारैतिर हेर्दैजानुस्। पपुलिजमले धेरैकुरा दमन गर्दछ। त्यो क्षणिक होला, त्यो धेरै दिन नचल्न सक्छ। तर त्यसले देशलाई बिगारिसकेको हुन्छ, कमजोर बाइसकेको हुन्छ। अहिले नेपालमा पनि लोकरिझाईंको कुराले गर्दा नेताहरुले त्यो हाम्रो पार्टीमा पनि छ, अन्य पार्टीमा पनि छ, सबै पार्टीमा छ। लोकरिझाईंका कुराले गर्दा हामीजस्ता मानिसहरु अलमलमा परिरहेका छौँ। लोकरिझाईंमा जसरी उसले प्रश्तुत गरेको हुन्छ त्यही कुरा सत्य हो भन्ने जस्तो अडियन्सलाई लागेको हुन्छ। त्यसले भोलिका दिनमा देशको निम्ति घातक हुन्छ। नेपालको राजनीतिक परिस्थिति नाजुक भइरहेको छ। त्यो लोकरिझाईंको हिसावले पनि होला, लोकतन्त्रलाई बदनाम गर्ने हिसावले पनि गरिराखेको हुन्छन्, अन्य क्षेत्रहरु हेर्नुस्, आर्थिक क्षेत्र भन्नुस्, शैक्षिक क्षेत्र हेर्नुस्, सामाजिक, सांस्कृतिक कुनै क्षेत्र पनि अछुतो देखिँदैन। यस्तो बेलामा हामी लोकतन्त्रवादीहरु जुनसुकै पार्टीका होऔँ, लोकतन्त्रमा विश्वास गर्नेहरुले केही कुरा बुझ्नैपर्छ। भ्रष्टाचार हामीले अन्त्य गर्नैपर्छ । फाइनान्सियल एक्शन टाक्सफोर्सले अहिले जुलाई २० तारिख भइसक्यो, अक्टोबरसम्म फेरि नेपालको बारेमा कुरा गर्छन्। नेपाललाई ग्रे लिस्टमा राख्ने की नराख्ने भन्छन्, मनि लाउण्डरिङ, सम्पती शुद्धिकरण, त्यसमा हामी कसरी अघि बढ्ने, हाम्रा ऐन कानून कसरी बनाउने? भन्नेकुरामा सुक्ष्म रुपले हेरिरहेको छ। यो अत्यन्त गम्भीर विषय हो। तेस्रो कुरा दण्डहीनता। दण्डहीनता त चरम सीमामा पुगिसक्यो, त्यसलाई कानून बनाएर लग्नुपर्छ। ऐन लगिरहेका छौँ, संसदमा। राजनीतिक मुद्दा वा जुनसुकै मुद्दा भनेपनि अदालतले निर्णय गरिसकेका मुद्दालाई हामीले राजनीतिक मुद्दा हो भनेर, छुट दिन थाल्यौँ, छोड्न थाल्यौँ भने दण्डहीनता यसरी बढ्छ कल्पना गर्न सक्दैनौँ, नेपालमा ०६२÷६३ पछि नै बढेको हो दण्डहीनता, अहिले चरमसीमामा पुग्न लागिसक्यो। हरेक विषयलाई राजनीतिक बनाइरहेका छाँै, त्यसले गर्दा हामी अन्तर्राष्ट्रिय समुदायमा हाम्रो महत्व अत्यन्त घटेर गएको छ। देशमा सुशासन छँदै छैन भनेपनि हुन्छ। नक्कली भूटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी यिनीहरुलाई निचोडमा पु¥याउन सकेनौँ भने अफ्ठ्यारो परिस्थितिमा हामी पुग्छौँ।’  

प्रकाशित: ४ श्रावण २०८० १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App