१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

पाँच वर्ष राजनीति स्थिर भए देशले विकासको फड्को मार्छ: डा. भट्टराई

फाइल।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता चाहिने बताएका छन्।

चेम्बर अफ कर्मस गोरखाले आज सदरमुकाममा आयोजना गरेको व्यवसायीहरूसँगको छलफल तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता नभएसम्म विकासले गति लिन नसक्ने जिकिर गरे।

“विकासका निर्माणका सवालमा खुट्टा तान्ने काम बन्द हुनुपर्छ, कम्तीमा पाँच वर्षसम्म राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकासको गति अघि बढ्न कठिन हुन्छ”, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, “विकास र समृद्धिका लागि नयाँ ढङ्गले सोच्नु आवश्यक छ।”

उनले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताए।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर सुधार गर्ने गरी आर्थिक परिवर्तन अझै हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्यसका लागि नयाँ सोच र नयाँ शक्तिको खाँचो रहेको औँल्याए।

“कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकासमार्फत नै कृषि अर्थतन्त्रलाई उद्योग प्रधान अर्थतन्त्रको विकास गर्नुपर्छ”, उनले भने., “विकासका लागि पहिलो चरणमा भौतिक पूर्वाधारको निर्माण गरी विश्वबजारसँग नेपाली बजारलाई जोड्न सक्नुपर्छ।”

प्रकाशित: १ श्रावण २०८० १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App