५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

न्यायाधीश नियुक्ति नहुँदा समस्या: प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्ति समयमा गर्न नसक्दा न्यायमा समस्या भएको बताएका छन्।

आज सर्वोच्च अदालतमा संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारी र सञ्चारकर्मी सँगको भेटमा न्यायाधीश नियुक्ति हुन नसक्दा न्याय निरूपणमा समस्या भएको बताएका हुन्।

सर्वोच्च अदालतमा ५ जना उच्च अदालतमा ६० जना र जिल्ला अदालतमा २५ जना न्यायाधीशको पद खाली छ।  

प्रधानन्यायाधीश कार्कीको कार्यकाल सकिन २० दिन बाँकी छ। आफ्नो कार्यकालमै न्यायाधीश नियुक्ति गरिसक्ने उनले बताए।

'म छिटोभन्दा छिटो न्याय परिषदको बैठक राख्ने प्रयासमा छु। छिट्टै न्यायाधीश नियुक्ति गर्छौ' उनले भने।

प्रकाशित: ३१ असार २०८० ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App