७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार गठनविरुद्धको मुद्दा सर्वोच्चले हेर्न भ्याएन

सर्वोच्च अदालतमा नेकपा एमालेले दर्ता गरेको कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा पर्‍यो। मुद्दाको चापका कारण सर्वोच्च अदालतमा आइतबार पेसी चढेका ३ सय २५ थान मुद्दामा १ सय ९४ थान मुद्दा हेर्न नभ्याइनेमा परे।

सर्वोच्च अदालतमा आइतबार एकल, संयुक्त र पूर्ण गरी १० वटा इजलास गठन भएका थिए। गठन भएका प्रायः एकल र संयुक्त इजलासमा न्यायाधीशहरू दोहोरिएकाले दैनिक पेसी सूचीमा चढेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेका हुन्।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ। हाल सर्वोच्चमा प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश छन्। पेसी चढ्ने र मुद्दाको चाप धेरै भैरहेका बेला न्यायाधीशहरूको संख्या घट्दै गएकाले मुद्दा समयमा फछ्र्योट हुन नसकेको सर्वोच्च अदालत आफैंले भन्दै आइरहेको छ।

सर्वोच्च अदालतमा नेकपा एमालेले दर्ता गरेको कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा पर्‍यो। मुद्दाको चापका कारण सर्वोच्च अदालतमा आइतबार पेसी चढेका ३ सय २५ थान मुद्दामा १ सय ९४ थान मुद्दा हेर्न नभ्याइनेमा परे।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा अर्को संयुक्त इजलासमा भएका कारण ‘हेर्न नभ्याइने’मा परेको हो।

रिट निवेदनमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ। न्यायाधीश भट्टराईको इजलासमा मुद्दाको पेसी दसौं नम्बरमा रहेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।

नेकपा एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। कार्कीको रिट निवेदनमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।

कोसी प्रदेशमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्य मन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए। सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१२), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका थिए।

प्रकाशित: २५ असार २०८० ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App