९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

आवश्यक परे राजीनामा दिन्छुः सभामुख गौतम

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आवश्यक परे राजीनामा दिने बताएका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख गौतमले सरकार सञ्चालन र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिने बताएका हुन्।  

सँधै सभामुखले निर्णायक मत दिएर प्रदेशसभा सञ्चालन गर्न कठीन हुने भएकाले आबश्यक परेको अवस्थामा पदबाट राजीनामा दिने गौतमले स्पष्ट पारे। उनले भने 'संधै सभामुखले मत दिएर बहुमत पुर्याउनु पर्ने अवस्था आएको खण्डमा पदबाट राजीनामा दिन्छु।’  

उनले विशिष्ठ परिस्थितमा सरकार गठनका लागि आफूले मतदान गरेको बताए। सभामुख गौतमले सभामुखहरूले सरकार गठनका लागि पनि  मतदान गर्ने परम्परा रहेको दाबी गरे। कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता उद्वव थापाले दाबी पेश गर्दा प्रदेशसभाका सभामुख  बाबुराम गौतमले प्रदेस सभाको सदस्यमा रुपमा छुट्टै  हस्ताक्षर गरेका थिए। मुख्यमन्त्री थापालाई समर्थन गरी नेकपा माओावदी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हस्ताक्षर गरेका थिए। कोशी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका १३ जना सांसद रहेकोमा आङ्वोले सभामुखलाई छाडेर  १२ जना मात्रै सांसद रहेको  उल्लेख गरेका थिए।  

प्रकाशित: २२ असार २०८० ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App