६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस लुम्बिनी प्रदेश भेला भदौमा

फाइल तस्वीर

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भदौमा प्रदेश सम्मेलन गर्ने भएको छ। कांग्रेस लुम्बिनी प्रदेश कमिटिको दाङको भालुबाङमा सम्पन्न बैठकले भदौमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले सम्मेलनको तयारी अगाडि बढाउने निर्णय गरेको छ।

सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापतिसहित सम्मेलन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

बैठकले कांग्रेसको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारलाई थप सशक्त र जनमुखी बनाउन जनभावना अनुरूपका कार्यक्रम निर्माण र परिचालनका लागि सरकार र पार्टीबीच समन्वय गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै पार्टीको भ्रातृ र सुभेच्छुक संस्थामा नियुक्त गर्दा सम्बन्धित तहका समितिको सिफारिसमा मात्रै जिम्मेवारी तोक्न वा नियुक्त गर्न केन्द्रीय कमिटीलाई लुम्बिनी प्रदेश कमिटीले आग्रह पनि गरेको छ। प्रदेशसभा क्षेत्रका क्षेत्रीय सभापतिलाई पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरिएको छ। बैठकले विभिन्न विभागलाई पूर्णता दिँदै तल्लो तहसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।

प्रकाशित: २२ असार २०८० ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App