७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशसभा: सरकार र विपक्षीबीच सहमति

फाइल तस्वीर

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकार बिच सहमति भएको छ।

बजेटमाथि असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश सभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो। बहिष्कारपछि गए राति दुवै पक्ष बिच वार्ता भएको थियो।

दुवै पक्ष बिच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक रहेका तुलसी चौधरीले बताए।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री  चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन्। वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मंगलबार स्थगित प्रदेशसभा आजका लागि बोलाइएको छ। प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवे शनको सत्रौं बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको सूचना जारी गरिएको छ। उनले सभामुखको निर्देशन अनुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ।  

प्रकाशित: २० असार २०८० ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App