१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सरकारका लागि कांग्रेसको बहुमत पुग्छ?

फाइल तस्बिर

सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ। सोमबार काठमाण्डौंमा  बसेको सत्ता गठबन्धन दलको बैठकले प्रदेशको दोस्रो ठूलो दल भएका कारण नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएसँगै नेपाली कांग्रेसका नेताहरू सुविधाजनक बहुमत पु¥याउने कोशीसमा लागेका छन्। कोशी प्रदेशमा गठबन्धन्दलसँग बहुमत साँसद भए पनि सुविधाजनक बहुमतका लागि राप्रपालाई सरकारमा सामेल गराउनै पर्ने हुन्छ। ९३ सदस्यीय कोशी प्रदेशमा गठबन्धनदलसँग कांग्रेसका २९, नेकपा माओवादीका सभामुखसहित १३ , एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

विपक्षी गठबन्धनसँग कुल ४७ जना सांसद भएका कारण अहिले पनि बहुमत रहेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उप नेता हिमाल कार्कीले बताए। कार्कीले कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारमा राप्रपा पनि सहभागि हुने दाबी गरे। शिर्ष नेता तहमै राप्रपालाई सरकारमा समावेश गर्ने विषय टुंगिसकेकाले राप्रपा पनि नयाँ सरकारमा समावेश हुने कार्कीको दाबी छ। ‘शिर्ष नेताहरूवीच नै कुरा भइसकेकाले नयाँ सरकारमा राप्रपा  पनि सहभागि हुन्छ ’ कार्कीले भने।

यता राप्रपाले भने सरकारमा सहभागि हुने बारे आधिकारिक कुनै निर्णय सार्वजनिक गरेको छैन। राप्रपा सरकारमा सहभागि नभएको खण्डमा सरकार गठन भएर पनि सञ्चालनमा सहज हुने देखिंदैन। प्रदेशसभामा पेश हुने हरेक निर्णयमा सभामुखले निर्णायक मत दिनुपर्ने अवस्था रहन्छ। जसका कारण प्रदेशसभा  र सरकार सञ्चालनमा सकस हुनेछ।

यता नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सभामुख कुनै दलको सदस्य नभएका कारण माओवादीको सदस्यका रुपमा गणना गरेर सरकार गठन गर्न नमिल्ने बताए। उनले सभामुख थपेर सरकार गठनका लागि संख्या पु¥याइए गैरकानुनी हुने भएकाले एमालेले बिरोध गर्ने  स्पष्ट पारे।  भण्डारीका अनुसार हाल प्रदेशसभामा दुबै पक्षमा ४६ जना मात्रै सांसद रहेका कारण संविधानको धारा १६८ को ३ अनुसारको सरकार कोशी प्रदेशमा गठन गर्न आफूहरूले माग गर्दै आएको बताए। कोशी प्रदेशमा संविधानको धारा १६८(२) अनुसार सरकार गठन हुने संंभावना नै नरहेको भण्डारीको भनाइ छ।  उनले भने,‘दुबै पक्षमा ४६ जना सांसद रहेकाले सरकार गठन हुने संभावना नै छैन।’ भण्डारीले संविधानको धारा १६८(२) अनुसार सरकार गठन हुन नसके, ठूलो दल भएका कारण उपधारा(३) अनुसार हालकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारले निरन्तरता पाउनेछ। फेरी मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने र पुनः विश्वासको मत नपाए उपधारा (५)अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै सांसदले बहुमत पु¥याएर सरकार गठन गर्नुपर्नेछ। यो उपधारा अनुसारको पनि सरकार नबनेको अवस्थामा कोशी प्रदेशमा मध्यावधी निर्वाचन हुने  भण्डारीले बताए।

यता कांग्रेसका नेताहरू भने भण्डारीको भनाईप्रति सहमत छैनन्। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उप नेता हिमाल कार्कीले सरकार गठन हुन नसक्ने एमालेको धारणा भए पनि बास्तविकता त्यस्तो नभएको बताए। कार्कीले गठबन्धनसँग बहुमत भएका कारण प्रदेश प्रमुखले दिएको असार २१ गतेको समयसम्ममा कांग्रेसको नेतृत्वमा  सरकार गठन गर्ने स्पष्ट पारे।  

प्रकाशित: १८ असार २०८० १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App