१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्युनिष्ट एकता आजको आवश्यकता: प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा भएको नारायणविलाश जोशी स्मृति प्रतिष्ठान भवन उद्घाटन तथा प्रतिमा अनावरण कार्यक्रमको आइतबार भक्तपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समाजवादको नयाँ यात्रा तय गर्न कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक भएको बताएका हुन्।

त्यही अनुसार पछिल्लो समय आफू नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव र उपेन्द्र यादव नेतृत्वको कम्युनिष्ट पार्टीहरुबीच मोर्चा बनाएको उनले बताए।

केपी ओली नेतृत्वको नेकपा एमालेसँगको एकता बचाउन नसक्नु दुःखद भएको भन्दै उनले तथापि पहिले भएका कमीकमजोरीहरुबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको र अव जनताको जीवनमा क्रान्ति बाँकी रहेको बताए।

प्रकाशित: १७ असार २०८० १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App