१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्नुपर्छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन।आज काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।

 सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने धारणा राखे। उनले सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताए। उनले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

सभामुख घिमिरेले सभामुखको भुमिका प्रभावकारी बनाउन र संसद्लाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्त्वपूर्ण भुमिका खेल्नेकुरामा बढी ध्यान दिने बताए।

प्रकाशित: १६ असार २०८० ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App