५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदमा सरकारमाथिको विश्वास घट्योः ओली

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गरेका हुन्।

अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताए। एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो।  

ओलीले भने, ‘गठबन्धनसँग बहुमत थियो। बजेट पारित हुनु स्वभाविक हो। हामीले आफ्नो मत देखायौं। ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झ¥यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो। अरु त्यसमा केही भनिरहनु परेन।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको बताए। 

प्रकाशित: १३ असार २०८० १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App