२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

लागुपदार्थ दुर्व्यसनमा फसेकालाई अपराधीको जस्तो व्यवहार गर्नु हुँदैन: तोसिमा काकी

प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले लागुपदार्थ दुर्व्यसनीमा परेकाहरुलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताएकी छिन्।

उनले लागुपदार्थ दुर्व्यसनमा फसेकाहरुलाई अपराधीको जस्तो व्यवहार गर्नु नहुने बताइन्। उनले समस्याको समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले लागुपद्धार्थ दुर्व्यसनलाई रोगको रुपमा लिएको छ। तर हाम्रो परिवेशमा मुख्य समस्या भनेकै यसलाई मनोसामाजिक समस्या भन्दापनि अपराधको रुपमा मान्नु हो। आजसम्म पनि सुधार गृहहरु गृहमन्त्रालय अन्तर्गत छन्। अपराधी सरहमात्रै व्यवहार गर्ने हो भने यो समस्या बढीरहन्छ। लागुऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन। अधिकांश प्रयोगकर्ताहरु १६ वर्ष मुनिका, मुख्य समस्या साथीको संगतले र विभिन्न रोगहरु विशेषतः यौन रोग, एचआइभि, हेपाटाइटिसबाट ग्रस्त हुने देखिन्छ। मुलभुत यसको कारण मनोसामाजिक पाटो समाधान जरुरी छ। त्यसैले सुधार गृहहरुलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन जरुरी छ। र बजेटमा पनि सुधार गृहहरुका लागि प्रोत्साहन आवश्यक छ।’

प्रकाशित: ११ असार २०८० ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App