९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छः सांसद महासेठ

फाइल तस्बिर

नेकपा (एमाले)का सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन्।

उनले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए। उनले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताए। उनले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्न तर्फ परिचालन गर्नुपर्ने बताए।

उनले भने, ‘सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्छ। नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ। उहाँहरुलाई उहाँहरुसँग सम्बन्धित उद्योग, व्यापार बाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन। पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरुलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरुलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ। हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ। पहिला त्यस्तो स्थिति थिएन। आज हामीले जसलाई जिम्मा लगाएका छौँ, कहीँ कहीँ नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ। हिजो मैले के, कसरी सही गरेँ उहाँहरुलाई थाहा हुँदैन। त्यसैले सिमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो। त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस्।’

प्रकाशित: ८ असार २०८० १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App