१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाकालेश्वरको प्रोटोकल अनुसार गेरु वस्त्र लगाएको हुँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू धर्मनिरपेक्षता वादी भएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै भने, ‘म धर्मनिरपेक्षता वादी हो। राज्यले कुनै धर्मलाई टाढा कुनै धर्मलाई नजिक बनाउनुहुँदैन भन्ने पक्षको हुँ म। जुनसुकै धर्मका जनताको आस्थाको सम्मान हुनुपर्छ भन्ने मान्यतामा मेरो हो।’

सोमरबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गेरु वस्त्र पहिरनबारे प्रश्न राखेपछि दाहालले यो स्पष्टीकरण दिएका हुन।

उनले आफू चर्चित धार्मिक पर्यटकस्थलका रुपमा भारतको उज्जैन पुगेको बताए। ‘मेरो प्राथमिकता त्यहाँको फोहोर व्यवस्थापन नै थियो। त्यो हेर्नु थियो। आइटी पनि हर्नु थियो। उज्जैन जस्तो धार्मिक स्थलमा गइदिए हुन्थ्यो भन्ने भारतको चाहना पनि थियो। मलाई पनि महाकालेश्वर जाउँ जाउँ भन्ने लागेको थियो। महाकालेश्वर साँच्चिकै ठुलो धार्मिक स्थल रहेछ। एकै दिनमा एक डेढ लाख पर्यटक जाने ठाउँ रहेछ।’

उनले आफ्ना निजी सुरक्षाकर्मी एडीसीले दौरा सुरुवालमै मन्दिर भित्र जाने की भनेर प्रस्ताव गरेको तर सन् २०२२ देखि गेरु वस्त्रलाई प्रोटोकल लागु गरिएको बताए। ‘त्यसैले म गेरु वस्त्र लाउँदिन भन्न पनि मिलेन। लगाएको हो।’

प्रधानमन्त्री दाहालले आफू सरकार र प्रधानमन्त्री भएका नाताले पनि मैले सबै धर्म र आस्थालाई त्यत्तिकै सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे रहेको बताए।

प्रकाशित: २२ जेष्ठ २०८० ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App