६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने

फाइल तस्बिर

पर्सा जिल्लामा सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार (भोली) देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा पनि प्रकाशीत भइसकेको छ। ऐन राजपत्रमा प्रकाशित भएसँगै आइतबार देखी नागरिकता वितरण सुरु हुने भनीए पनि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आइतबार सुचना जारी गर्दै भोलीदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएका छन्।

सेवाग्राहिले नागरिकता पाउनका लागी आवश्यक कागजातहरु तयार गरी जिल्ला प्रशासनको कार्यालयमा लिएर आउन सो सुचना मार्फत जनाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। पौडेलले नयाँ कानूनअनुसार २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने जानकारी दिए।

प्रकाशित: २१ जेष्ठ २०८० ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App