१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शंकर पोखरेलको प्रश्न: प्रधानमन्त्रीलाई भारत भ्रमणअघि विधेयक प्रमाणीकरण गर्नुपर्ने के बाध्यता आइलाग्यो?

फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल को भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने के बाध्यता आइलाग्यो भन्दै प्रश्न गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत पोखरेलले भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने के बाध्यता आइलाग्यो भन्दै पाच प्रश्न गरेका हुन्।  

उनले समाजिक सञ्जालमा यस्तो लेखेका छन्:  

निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यौ?

विधेयक प्रमाणिकरणले यी प्रश्नको उत्तर खोजेको छः

नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ?

सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ?

प्रादेशिक पहिचान सहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उल्लंघन गर्न मिल्छ?

नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणिकरण गर्न मिल्छ?

संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो? उत्तर दिनु पर्दैन र?

प्रकाशित: १७ जेष्ठ २०८० ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App