८ वैशाख २०८१ शनिबार
राजनीति

विराटनगरको सुरक्षा व्यवस्था कडा :२७ जना आन्दोलनकारी पक्राउ

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट  पक्राउ गरेको छ।पक्राउ पर्नेमा किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातेसु राई, उपाध्यक्ष देवान राई, भीम राईलगायत  २७ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता रञ्जनकुमार दाहालले निशेधाज्ञा तोडेर आन्दोलन गर्न खोज्ने  २७ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जानकारी दिए। कोशी प्रदेशसभाको बजेट अधिवेशन आज देखि सुरू हुँदैछ।

प्रदेशसभाको अधिवेशन सुरु हुने भएपछि प्रदेशको नामाकरण प्रति असन्तुष्टि राख्दै आन्दोलनमा उत्रिएको प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समितिले विराटनगर लक्षित आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।संघर्ष समितिले विराटनगरमा शक्ती प्रद्रर्शनसहित आन्दोलन गर्ने  घोषणा गरेपछि प्रहरीले विराटनगरको सुरक्षा व्यवस्था कडा पारेको छ।

स्थानिय प्रशासनले विराटनगरका विभिन्न स्थानमा निशेधाज्ञाको आदेश जारी गरेको छ। गत फागुन १७ गते  प्रदेशको नाम कोशी राखेपछि स्थागित भएको प्रदेशसभा वैठक सुरु नभई हिउँदै अधिवेशन अन्त्य भएको थियो।प्रदेशको नामाकरण पछि पहिलो पटक आज प्रदेशसभाको बैठक बस्न लागेको हो।  

प्रकाशित: १४ जेष्ठ २०८० ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App