७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नक्कली शरणार्थीको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छः झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए। उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गरे। 

अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने उनको भनाइ छ। पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए। 

उनले भने, ‘नक्कली भूटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ। संलग्न देखिएका मानिसलाई धिक्कार छ। यो लज्जास्पद छ। यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन्। आन्दोलनको सम्भावना छ। यो आजको सरकार र प्रहरीले सुनोस्।’

प्रकाशित: १३ जेष्ठ २०८० ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App