८ वैशाख २०८१ शनिबार
राजनीति

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

राष्ट्रिय जनमोर्चा पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ।  

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले चौधरीलाई आममाफी दिन सरकारले चालेको प्रक्रियाको विरोध गर्दै प्रक्रिया राेक्न माग गरेको हो।  

अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'टिकापुर हत्याकाण्डू कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो।'

'टिकापुर हत्याकाण्ड' का नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहिनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण बढ्ने अध्यक्ष केसीले  बताएका छन्, । केसीले विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदावाजी गरेर मुद्दा नचल्ने निर्णय गर्दा सरकारलाई महँगो परेकाे पनि स्मरण गराएका छन्। 

२०७२ भदौमा थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले  हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। त्यसैमा दोसी ठहर गर्दै जिल्ला, उच्च र सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला गरेको छ।  

फैसलाअनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा बस्नुपर्छ। तर संविधानको धारा २७६ मा माफी दिन सक्ने व्यवस्था छ। त्यसकै प्रयोग गर्दै सरकारले चौधरीलाई सर्वोच्चको पूर्ण फैसला नआउँदै आममाफीको प्रक्रिया अगाडी बढाएको छ। 

प्रकाशित: १२ जेष्ठ २०८० ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App