१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजनीति पनि एक समाजसेवा हो: प्रकाशमान सिंह

पूर्वउपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्।

आज थापाथली जनकल्याण परिवारको चाैत्तीसाैं वार्षिक समारोह कार्यक्रममा उनले भने, ‘राजनीति पनि एक समाजसेवा हो। समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु।’

राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उनको भनाइ थियो। उनले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र युवाको हित एवं विकासमा खेलेको भूमिकबारे प्रशंसा समेत गरे।

पूर्वउपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्।

वार्षिक समारोहका अवसरमा जनकल्याण प्रतिभा पुरस्कारबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला कदरपत्रसहित नगर ५१ हजार राशिसहित सम्मानित गरियो। पुरस्कार ग्रहण गर्दै डा. कोइरालाले भने, ‘मानव सेवा नै सर्वोत्तम सेवा हो। सबैलाई मानव सेवाप्रति जागृत हुन म आग्रह गर्दछु।’

यसैगरी ५१ हजार रूपैयाँ राशिसहितको जनकल्याण अध्यात्मक सेवा पुरस्कार स्व.डा. स्वामी केशवानन्द गिरीलाई अर्पण गरियो। संस्थाले वार्षिक उत्सव समारोहका अवसरमा विभिन्न समाजसेवी, विद्यार्थी र संघसंस्थालाई सम्मान गरेको छ। सो अवसरमा समाजसेवी सिर्जना सिंहले एक लाख रुपैयाँ र शारदा हुतराम वैद्य फाउण्डेशनका अध्यक्ष मीना वैद्य पाण्डेले २५ हजार रुपैयाँ संस्थालाई प्रदान गरे।

वार्षिक समारोहका अवसरमा जनकल्याण प्रतिभा पुरस्कारबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला कदरपत्रसहित नगर ५१ हजार राशिसहित सम्मानित गरियो।

कार्यक्रममा संस्थाका अध्यक्ष हिरालाल तण्डुकार, महासचिव महासचिव लक्ष्मण थापा लगायतका वक्ताले संस्थाका गतिविधिबारे प्रकाश पार्नुका साथै भावी कार्यक्रमकबारे जानकारी गराएका थिए। संस्थाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दिवासेवा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिकको सम्मान, तीर्थाटन, सत्संग एवं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App