१३ आश्विन २०८० शनिबार
राजनीति

सांसद गौतमको अनशन स्थगित

जब्दीघाटको पुलमुनि सांसद संजय गौतमको जारी आमरण अनशन शनिबार स्थगन गरिएको छ।

१५ बुँदे माग राखी जारी रहेको सांसद गौतमको अनशन भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुस खुवाएर स्थगन गरेका छन्। दिउँसो तीन बजेर ४० मिनेटमा सांसद गौतमलाई मन्त्री ज्वालाको नेतृत्वमा बर्दिया पुगेको टोलीले आमरण अनशन स्थगन गरेको हो।

१५ बुँदे मागको सरकारले सम्बोधन गर्ने सहमतिपछि सांसद गौतमले आमरण अनशन स्थगन गरेका हुन। सांसद गौतमले दुई वटा निर्वाचन मध्य बर्दिया क्षेत्र नं. १ बाट लगातार दुई पटक चुनाव जित्ने एक्ला नेता हुन। तत्कालीन एमालेका उपाध्यक्ष बामदेव गौतमको चुनावी क्षेत्रबाट उनले अघिल्लो पटक चुवान जितेका थिए। सांसद गौतम पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दी घाट स्थित भत्किएको पुलमाथि आमरण अनशन बसेका थिए।

आठौँ दिनमा सांसद गौतमले अनशन स्थगन गरेका छन्। अनशन स्थगन गराउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रामहरि खतिवडा, दिपक गिरी, राजन केसी, जुबेदा खातुन सरिता सिजाली र लगायत ६ जना सांसद जब्दी घाटको स्थित भत्केका पुलमा पुगेका थिए। उद्घाटन नहुँदै जब्दीघाट पुल भत्किएको हो।

भत्किएको पुल निर्माण नहुँदा बर्खामा बाध बन्ने जोखिम बढेको थियो। यो बर्दियाको लागि प्रतिनिधि घटना मात्र हो। बाँके र कैलालीको ओझेलमा परेको बर्दिया जिल्ला भएका कारण थुप्रै विकास निर्माणका काम अपूरो रहिरहेको थियो। जिल्लामा विकास नहुनुमा मुख्य कारण तीन देखिएका छन्। जिल्लामा नेपाल र भारतको चल्ती नाका नहुनु, तेलपानी सडक नखुल्दा कर्णाली प्रदेश सम्बन्ध विच्छेद हुनु र विकासलागि मेरुदण्ड मानिएका सडक सञ्जाल नजोडिनु दुर्भाग्य भएको जिल्लावासीको गुनासो हो।

गौतमको दोस्रो कार्यकालको समय घर्किँदै जाँदा समेत ती विकास एजेन्डा ओझेलमा परिरहेकाले सांसद गौतमले उठाएको आवाजलाई सरकार पक्षले बेवास्ता गरिरहेको थियो। संसद्मा पटक पटक विकास निर्माणका बारेमा बोल्ने एक्ला नेताका रुपमा देखिए पनि उनका मागमा सम्बोधन नहुँदा उनले विकल्पको रुपमा आमरण अनशन रोजेका थिए।

आठौँ दिनसम्म अनशन बस्दा सांसद गौतम गलेका थिए। शारीरिक अवस्था कमजोर हुँदा समेत सलाईन पानी लिन अस्वीकार गर्दा सरकारलाई सांसद गौतमको अनशन समस्या उत्पन्न गराएको थियो। अन्ततः सरकारका ६ सांसद टोलीले १५ बुँदे माग पुरा गर्ने जनाएपछि जुस खाएर अनशन स्थगन सांसद गौतमले गरेका छन्। उनको अनशन समर्थनमा संघ, संस्था, नागरिक समाज र अन्य राजनीतिक दल उत्रिएका थिए।

सांसद गौतमको माग मात्र नभई जिल्लावासीले माग भन्दै समर्थन उर्लिँदो क्रममा रहेको थियो। जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर सांसद गौतम बबई नदीको जब्दीघाट स्थित भासिएको पुलमुनि अनशन सुरु गरेका हुन।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो। भत्किएर जीर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिम पूर्ण आवागमन गरिरहेका छन्। तर गत वर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवत जावत ठप्प भएको थियो। बर्खामा पुलको स्पामले बाढी छेक्दा गुलरिया र बारबर्दिया नगरपालिका बाढी पस्न सक्ने जोखिम बढेको छ।

पुल निर्माणको विषयमा सदनमा पटक पटक कुरा उठाउँदा सरकारको बेवास्ता गरेको सङ्घीय सांसद संजय कुमार गौतमले बताएका थिए। जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदा सरकार गम्भीर नहुँदा अनशन बस्न बाध्य भएको सांसद गौतमले बताए।

जब्दीघाट स्थित भत्केको पुलको स्पाप हटाउने कार्य भइरहेकोले सांसदको माग सुनुवाइ हुनेमा जिल्लावासी विश्वस्त छन्।

प्रकाशित: ६ जेष्ठ २०८० १७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App