coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वास्थ्यमा सुधार आएपछि शरणार्थी प्रकरणका तथ्यहरु संसद्मा राख्छु: ओली

फाइल तस्बिर।

नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद्को बैठकमा सहभागि हुन नसकेको बताएका छन्।

उनले बिहिबार सामाजिक संजाल फेसबूक मार्फत सो कुरा बताएका हुन्। यस अघि उनले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आगामी जेठ चार गते संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुबारे बोल्ने बताएका थिए। तर आज उनी संसद्मा बैठकमा सहभागि भएका थिएनन्।

'प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागि हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु।' उनले सामाजिक संजाल मार्फत भनेका छन्। 'सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ। ठीक  छ। प्रश्नहरु दुई किसिमका हुन्छन्। एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ। देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ। सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस्। त्यसले हरेक नागरिकले संसद्मा आफैं भएको महसुस गर्न पाउने छ। प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन्। शुभकामना छ।' उनले लेखेका छन्।

प्रकाशित: ४ जेष्ठ २०८० १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App