७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।  

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छिन्। उद्यानमा उनले स्वामीको बिरुवा रोपिन्। पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपिन्।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गरिन्। विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।  

एमाले र नेकपा (एकीकृत समाजवादी) ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन्।

प्रकाशित: ३ जेष्ठ २०८० ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App