१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे लिखित सुझाव

फाइल तस्वीर

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने कार्यक्रम लिखितरूपमा सुझाउन सत्ता साझेदार दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो सत्तारुढ राजनीतिक दलको बैठक सिंहदरबारमा राझेर आगामी नीति तथा कार्यक्रममा समावेस गर्नुपर्ने विषय सुझाउन गठबन्धनका शीर्ष नेताहरूलाई आग्रह गरेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेताहरू बैठकमा सहभागी थिए।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने कार्यक्रम लिखितरूपमा सुझाउन सत्ता साझेदार दलहरूलाई आग्रह गरेका छन्।

बैठकमा सहभागी नेताहरूले जनतामा आशा र भरोसा जगाउने गरी शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन जोड दिएका छन्। त्यसबाहेक अन्य कार्यक्रममा प्रधानमन्त्री दाहालले गठबन्धनका दलहरूसँग लिखित सुझाव माग गरेका हुन्।

जेठ ५ गते संघीय संसदको संयुक्त सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ। सरकारको तर्फबाट राष्ट्रपतिले संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ। सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। तर राष्ट्रपति रामचन्द्र पौडेल अहिले स्वास्थ्य उपचार गरी आराम गर्दै आएका हुनाले के कसरी प्रस्तुत गर्ने भन्ने अझै निश्चित भने भएको छैन।

बैठकमा सहभागी नेताहरूले जनतामा आशा र भरोसा जगाउने गरी शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन जोड दिएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा उपचार गराएर आएका पौडेलको स्वास्थ्यमा देखिएको समस्या समाधानका चिकित्सकहरूले ‘एन्टिबायटिक’ चलाएका थिए। त्यसले गर्दा राष्ट्रपतिको स्वास्थ्य अवस्था कमजोर बनेको निकट स्रोतको दाबी छ।

यद्यपि राष्ट्रपतिले मर्निङ वाकसहितका बिहानका व्यायमहरूलाई निरन्तरता दिन थालेको बताइएको छ। ‘नियमित सेवन गर्दै आउन भएको औषधी बाहेक बीचमा थपिएका अतिरिक्त सबै औषधि सकिएका छन्,’ निकट स्रोतले भन्यो।

औषधिले गर्दा राष्ट्रपति पौडेलको स्वर केही भासिएको जनाउँदै स्रोतले भन्यो, ‘उहाँको स्वर पहिला पनि सानै हो, अहिले औषधिले गर्दा झन भासिएर थप सानो भएको छ।’

लामो समयदेखि औषधि सेवन गर्दा राष्ट्रपति पौडेलको स्वास्थ्य कमजोर भएकाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जान नसक्ने त होइन भन्ने आशंका गरिदै आएको छ ।तर, सरकारले संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले संक्षिप्तरूपमा नीति तथा कार्यक्रम वाचन गर्ने र बाँकी प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गर्नेगरी तयारी थालेको स्रोतको दाबी छ।

औषधिले गर्दा राष्ट्रपति पौडेलको स्वर केही भासिएको जनाउँदै स्रोतले भन्यो, ‘उहाँको स्वर पहिला पनि सानै हो, अहिले औषधिले गर्दा झन भासिएर थप सानो भएको छ।’

‘राष्ट्रपतिको स्वास्थ्यलाई जोखिमा पारेर एक/डेढ घण्टा कार्यक्रम वाचन गर्नुपर्ने कुरा हुँदैन,’ स्रोतले भन्यो, ‘गिरिजाप्रसाद कोइराला कार्यवाहक राष्ट्राध्यक्षको जिम्मेवारीमा हुँदा उहाँकातर्फबाट तत्कालीन गृहमन्त्रीले नीति तथा कार्यक्रम पेस गरेको विगतको परम्परा छ। सोही अनुसार प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुन्छ।’

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेल संघीय संसद्मा जाने जानकारी दिए। ‘सरकारको नीति तथा कार्यक्रम पेस गर्न राष्ट्रपतिज्यू संघीय संसद् जानुहुन्छ,’ उनले भने।’

प्रकाशित: ३ जेष्ठ २०८० ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App