१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महेश बस्नेतको दाबी- रायममाझीले पार्टीको आदेश पालना गरे, प्रहरी समक्ष पुगे

नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भूटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझीले पार्टीको आदेशमा प्रहरीसमक्ष आत्मसमर्पण गरेको भ्रमपूर्ण दाबी गरेका छन्।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई आइतबार राति बुढानीलकण्ठस्थित एक घरबाट प्रहरीले पक्राउ गरेको थियो। फरार रहेका रायमाझीलाई प्रहीरीले नै पत्ता लगाएर पक्राउ गरेको हो। तर बस्नेतले भने आफ्नो पार्टी नेकपा एमालेको आदेशमा प्रहरी समक्ष पुगेका दाबी गरेका छन्।  

रायमाझी पक्राउ परेलगत्तै सामाजिक संजालमा स्टाटस राख्दै बस्नेतले रायमाझी पक्राउ पर्नुको जस पार्टीको आदेशलाई दिएका छन्।  

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ। नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्।  

नेकपा एमालेले रायमाझीलाई निलम्बन गर्दै प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताएकाे थियो। तर पक्राउ पुर्जी जारी भएको ११ दिनदेखि फरार रहेको रायमाझी बुढानीलकण्ठस्थित साथीको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्। 

प्रकाशित: १ जेष्ठ २०८० ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App