७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अध्यक्ष लिङदेनले भने: शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाईदिन नेपाल सरकारसँग माग गरेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन्।

सो प्रकरणमा मुछिएकाहरुले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आइरहेका बेला उनले आईतबार आफ्नै पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढन दिनुपर्ने स्पष्ट पारे।

अध्यक्ष लिङदेनले सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरु कसैले पनि उन्मुक्ति पाउन नहुने दोहोर्‍याए। उनले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

अध्यक्ष लिङदेनले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन। अहिले खासगरी पछिल्लो समयमा प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ। उसलाई काम गर्न दिऊ। र, अहिले सरकारसँग पनि र नागरिक समाजसँग र सञ्चार जगतसँग हाम्रो आग्रह छ–स्वतन्त्रतापूर्वक, निष्पक्षतापूर्वक प्रहरीलाई काम गर्ने वातावरण दिऊ। मलाई लाग्छ–ढिलोचाँडो यी सबै मानिसहरु तानिन्छन्। तानिनुपर्छ। कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। भोली बोलाइएको केन्द्रिय कार्य समिति बैठकमा खासगरी समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल हुनेछ। संगठनको भावी दिशाको बारेमा पनि छलफल गर्नेछौं। मूलरुपमा यही विषयमा छलफल केन्द्रित हुन्छ। हामीले यही जेठ ४ गते दिनको एक बजे बसन्तपुरमा खासगरी नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर जुन प्रकरण सृजना गरियो। र, अहिले त्यसको छानविन भईराखेको छ । त्यो सशक्त रुपमा अगाडि बढोस्। र, त्यसलाई कुनै पनि बहानामा, कुनै पनि तर्कमा शिथिल, कमजोर र फासफुस बनाउने काम हुनुहुँदैन भनेर खवरदारी गर्ने र यो नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अन्य सबै प्रकारका भ्रष्टाचार र भ्रष्टाचारीहरुको विरुद्ध खवरदारी गर्न सो आमसभा गर्न लागेका छौं।’

प्रकाशित: ३१ वैशाख २०८० ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App