८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

शीर्ष नेताहरुबीच नक्कली भूटानी शरणार्थी प्रकरणबारे छलफल

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले तीन दलका शीर्ष नेताहरुबीचको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताएका छन्।

बालुवाटारमा आईतवार बसेको दलका शीर्ष नेताहरुको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो। उपनेता नेम्वाङले नक्कली भूटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरुबीचमा छलफल भएको बताए।

शीर्ष नेताहरुले संविधान र कानूनअनुसार काम कारबाही अघि बढाउन बैठक बसेको कुनै हस्तक्षेप नहुने बताएको जानकारी दिए।

उनले भने, ‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईहरु तीन नेता त बस्ने बित्तिकै भूटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो? मैले तपाईहरुको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यु र नेताहरुलाई। तपाईहरु तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथं कदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समभmदारी छ, हामी तीन दल निस्कर्षमा छौँ, त्यो संविधान कानून बमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ।’

उपनेता नेम्वाङले शीर्ष नेताहरुको बैठकमा संसदीय गतिविधिहरु र विधेयकहरुलाइ अघि बढाउन समभलदारी बनेको पनि बताए। एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमवारदेखि विषयगत समितिहरुको बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको उनले बताए।

उनले सोमवारबाट संसदीय समिति चलायमान बनाउने र संसदबाट समितिमा गएका विधेयकहरु पनि अघि बढाउने कुरामा सहमति भएको बताए।

यसैगरी शीर्ष नेताहरुको बैठकले प्रतिनिधि सभाका विषयगत समितिहरुमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको पनि उनले उल्लेख गरे।

प्रकाशित: ३१ वैशाख २०८० ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App