८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपा महिला संगठनमा अञ्जना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल चयन भएकी छन्। सोमबार राजधानीमा सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘महाधिवेशनले विधान अनुसार पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारू, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ,’ उनले भने, ‘त्यस्तै विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यसमेत निर्वाचित भएका छन्।’

महाधिवेशनले ६१ कार्यसमितिअन्तर्गत उपाध्यक्ष पदमा संगीता मल्ल (धनुषा), सिजन श्रेष्ठ (काठमाडौं) र सरस्वती श्रेष्ठ (रामेछाप), महासचिवमा कुमारी स्याङ्तान (सिन्धुपाल्चोक) र रञ्जना सेन ठकरी (कास्की) तथा चम्पा अधिकारी (काठमाडौं) निर्वाचित गरेको थियो।

प्रकाशित: २६ वैशाख २०८० ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App