७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी बच्न सक्दैनन्: प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताएका छन्।

आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताए।

उनले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पारे। उनले संसद बैठकमा सो प्रकरणको सम्बन्धमा कुुरा उठ्नुले सरकारको मनोबल बढेको बताए।

उनले भने ‘मैले भनेको छु दोषि कोही बच्न सक्दैन। निर्दोष कोहीपनि पर्दैन। सरकारको त्यही जोड छ। आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु। कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन।’

प्रकाशित: २४ वैशाख २०८० १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App