१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

२०६३ यता सर्वदलिय भ्रष्टाचार भइरहेको छः सांसद डा. सिंह

सांसद डा. अमरेशकुमार सिंहले २०६३ साल यता ‘सर्वदलिय भ्रष्टाचार’ हुदै आएको बताएका छन्।

बर्खे अधिवेशनको पहिलो बैठकमा आइतबार उनले भने, ‘२०६३ यता सर्वदलीय भ्रष्टाचार हुदै आएको छ।’ डा. सिंहले कर्मचारीहरुलाई फसाउने र नेताहरु जोगिने क्रम जारी रहेको उल्लेख गरे।

उनले सुडानलगायत अन्य घोटालाहरुमा यस्तै भइरहेको उल्लेख गर्दै, पोखरा विमानस्थल काण्ड, एनसेन काण्ड, अन्य जग्गा घोटालाहरु छानविन गर्नुपर्ने माग राखेका हुन्।

‘नक्कली भुटानी शरणार्थी काण्डमा बहालवाल सचिव थुनामा गएको छ। अनि त्यो बेलाको मन्त्री कसरी चोखो भयो?’, डा. सिंहले प्रश्न गरे। उनले मिलिजुली गरेर राजनीतिक व्यक्तित्व उम्काउन गरिएको चलखेल जनता र संसदले स्वीकार नगर्ने चेतावनी दिए।

‘सबै काण्ड र घोटाला छानविन नगरी नेपाल अगाडी बढ्दैन। एउटै बिचौलिया सबै पार्टीको किन प्यारो हुन्छ?’, उनले भने।

प्रकाशित: २४ वैशाख २०८० १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App