१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर

जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो।

रायमाझीविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सोही दिन बुटवलबाट पक्राउ परेका उनलाई बुद्ध एयरको जहाजमार्फत बिहीबार बिहान काठमाडौं ल्याइएको थियो।  

रायमाझीमाथि नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता रहेको आरोप छ।

प्रकाशित: २१ वैशाख २०८० ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App