१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

लडाकुले युद्ध लडेर ल्याएको गणतन्त्रमा बसेर अपमान नगर्न सांसद सापकोटाको चेतावनी

माओवादी केन्द्रका सांसद माधव सापकोटाले दुईलाखसँग जोडेर माओवादीका लडाकुको अपमान नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले दुईलाखसँग जोडेर माओवादीका लडाकुको अपमान नगर्न चेतावनी दिएका हुन्।  

उनले भनेका छन्,'तपाईको दुई लाख पैसाले महान युद्ध लडेका लडाकुहरू ९जसले युद्ध लडेर ल्याएको गणतन्त्रमा तपाई हुनुहुन्छ। तीनलाई अपमान गर्ने? जसले लडेर ल्याएको व्यवस्थामा तपाई हुनुहुन्छ, त्यसैमा उहाँहरूलाई अपमानित गर्ने छुट तपाईलाई छैन।'

उनले लडाकुहरु अहिले पनि गोली शरीरमा बोकेर हिडिरहेको र  उपचार गर्न नसकेकाहरूको अवस्था दर्दनाक भएको भन्दै उनीहरूको अवस्थालाई मजाकमा नलिन पनि आग्रह गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८० १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App