३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पशुपतिनगरमा भारतले हेपाहा प्रवृत्ति देखायो: ओली

इलामको पशुपतिनगरमा नेपाल–भारत सीमा निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: भीम/नागरिक

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्। उनले दशजगा मिचेर भारतले प्रहरी पोस्ट सञ्चालन गरेको र सीमाका नेपालीमाथि बेला–बेला भारतीय सुरक्षाकर्मीबाट थिचोमिचोपूर्ण व्यवहार गरेको देखिएको बताए।

पशुपतिनगरस्थित सीमा क्षेत्र निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै ओलीले भारतीय व्यवहारले नेपालीलाई हेपिएको अनुभूति भएको बताए। ‘भारतजस्तो विशाल छिमेकी मित्रराष्ट्रले विशाल छात्ती गर्नुपर्ने, त्यो नभएपनि मित्रवत् तथ्यपूर्ण र न्यायपूर्ण व्यवहार गर्नुपर्नेमा हेपाहा प्रवृत्ति देखियो,’ उनले भने, ‘म भारत सरकारसँग कुरा गर्छु । मैले हेरेर गएपछि भारत सरकारले यो त्रुटि सच्याउनेछ भन्ने विश्वास छ। अविलम्ब सच्याउन भारतसरकारसँग आग्रह गर्छु।’

पूर्वप्रधानमन्त्री ओलीले नेपालले हेर्नुमात्र पर्ने तर भारतले ठूलो देश भएकै कारणले सीमाको कुरा नसुुन्ने भन्ने नहुने बताए। ‘सानोतिनो अर्घेल्याइँ गरेर भारतले कुनै ठूलो लाभ पनि प्राप्त गर्ने होइन। यो व्यवहारले नेपाललाई आफूलाई हेपिएको अनुभूति हुन्छ,’ ओलीले भने, ‘हेपिएको महसुुस हुँदा कसैलाई राम्रो लाग्दैन। भारतले सुन्छ होला। यस सम्बन्धमा निष्कर्ष निकाल्नेगरी कुरा गर्छौं।’    

प्रकाशित: १३ वैशाख २०८० १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App