१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको काम सुरु गरिहाल्छुः नवनियुक्त परराष्ट्रमन्त्री साउद

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाई हाल्ने बताएका छन्।

आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन्।

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरुसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए। उनले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रीय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

मन्त्री साउदले छिमेकीसहितका देशहरुसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहि आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताए।

उनले भने,  ‘नेपाल शान्तिपूर्ण मुलुक हो। हामी संसारका सबै देशहरुसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहाद्रपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहि आएको छ। हामीले आगामी दिनमा पनि विश्वभरीका देशहरुसँग, छिमेकीहरुसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौं। र, यसरी हामी नेपाल एउटा शान्तिप्रीय देशको रुपमा, एउटा लोकतान्त्रिक देशको रुपमा विश्वभरी चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु । यसमा हामी छलफल अगाडि बढाउँछौं। भर्खरै म कार्यालयमा आएको छु। सचिवज्यूलगायतका टिमहरु त्यसमा संलग्न हुनुहुन्छ। म सबै कुराको बारेमा ब्रिफिङ लिएर अनि त्यसको बारेमा भन्नेछु।’

प्रकाशित: ३ वैशाख २०८० ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App