२० भाद्र २०८३ शनिबार
image/svg+xml

भोटेकोशी बाढी : पाँच हजार ५३ अझै सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन्।

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ बिरामी उपचारपछि डिस्चार्ज भएका छन्।

बालबालिकालाई असुरक्षित वातावरणमा वयस्कसँगै राख्नु हुँदैन : मन्त्री बादी

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेकी छन्।

एनभिएलमा विदेशी खेलाडीको प्रभाव

तीन पाकिस्तानी खेलाडीको साथमा पाएको सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा सुखद सुरुआत गरेको छ।

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा-१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो।

परेवाभिरमा सडक मर्मत गरिँदै, आजदेखि १२ घण्टा सवारी आवागमन बन्द

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही भदौ २० गते शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

हेटौँडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारीहेटौँडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारी

काठमाडौंमा पहिलेभन्दा दोब्बर बढ्यो ग्यास खपत : उद्योगीले थाले वैकल्पिक ढुवानी

पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्।

विपद् व्यवस्थापन: अर्बौं सहयोग कहाँ र कसरी खर्च हुन्छ?

विपत्ति आएलगत्तै विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र, सामाजिक संस्था र आमनागरिकले नेपाललाई सहयोग खुला मनले सहयोग गरिरहेका छन् भने सहयोगको प्रतिबद्धता आउने क्रम अझै जारी नै छ।

भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजार ९३३ प्रभावित

घरधुरीका आधारमा ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।

भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन : केन्द्र

नुवाकोट र रसुवामा हिमताल विस्फोटन भएर पुनः ठूलो बाढी आउन सक्ने भन्दै फैलिएका हल्लाप्रति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ध्यानाकर्षण गराएको छ।

बाढीपीडित नेपाललाई बंगलादेशको १५ करोड २० लाख सहयोग

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको पत्रसहित राज्य विदेशमन्त्री हुमायुन कबिरले नेपालका लागि बंगलादेशी सहयोगबारे नेपाली राजदूत घनश्याम भण्डारीलाई जानकारी गराएका हुन्।

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा भदौ २६ सम्म

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढाएको छ। अब उक्त सेवा भदौ २६ गतेसम्म उपलब्ध हुनेछ।

भोटेकोशी बाढी : उद्धार र राहत प्रभावकारी बनाउन वातावरण पत्रकार समूहको माग

नेपाल वातावरण पत्रकार समूहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्