१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रवि लामिछानेबारे चित्रबहादुर केसीको टिप्पणी: खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्‍यो

फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रवि लामिछानेमाथि लक्षित गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको बताएका छन्।

आइतबार संसदमा बोल्दै केसीले नयाँ पार्टीबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरेकाे र  नयाँ पार्टीले  त्याे  पूरा गर्न नसकेको भन्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गरेको बताएका हुन्।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उनले त्यो काम स्विकार्य हुनै नसक्ने बताए।  

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको बताए। उनले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने पनि बताए।  

अध्यक्ष केसीले भने, ‘राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र स्वतन्त्र निकाय बनाउने पहल भईरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिई आपत्तिजनक छ। एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्विकार्य छ। त्यसमाथि यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्ड भन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्ष्यम्य छ। देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्विकार्य छैन। जुनसुकै आवरणमा प्रकट भएपनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु बाञ्छनिय हुन्छ। पुराना पार्टीहरुले नै गल्ती गरेका थिए । उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे। नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्क परेर हेरिरहेका थिए। खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ ग¥यो। त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोडन हुन्न।’

प्रकाशित: ३ वैशाख २०८० ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App