३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विदेशीहरुको हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएका छन्।

बुधबार नयाँबानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताएका हुन्।

उनले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए। उनले  स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए।

उनले भने, ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिलेपनि संकटमा छ। विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ। विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन्। ५०÷६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन्। बद्नाम हुनुको पछाडी जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरु नाङ्गिएका छन्। त्यसको बदला नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले पनि गरेको छ। र निर्वाचन आयोगले पनि गरेको छ। त्यो राम्रो कुरा होइन । नेपालको ऐन, कानूनलाई ठाडै उल्लंघन भएको छ।’

अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे। उनले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए।  

प्रकाशित: २९ चैत्र २०७९ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App