१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपा ‘कोर टिम’ माथि छानबिन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं बीचको अडियो सार्वजनिक भएपछि सुशासन र आर्थिक पारदर्शिताको नारा दिएर स्थापनाको ६ महिनामै प्रतिनिधिसभामा चौथो ठूलो पार्टी बनेको रास्वपामाथि नै प्रश्नचिह्न खडा भएको छ।

सांसद श्रेष्ठकै लवजमा रेकर्ड भएको टेपमा रास्वपा ‘कोर टिम’बाट मन्त्री बन्न सुरुमा अढाइ करोड रूपैयाँ मागिएको र अन्तिममा दुई करोडमा पक्कापक्की भएको सुनिन्छ। अडियोमा सुरुमा एक करोड मात्रै र बाँकी पछि दिए पनि हुने सांसद श्रेष्ठको बोली सुनिन्छ। सांसद श्रेष्ठले मन्त्री बन्न ‘कोर टिम’लाई पैसा बुझाउनुपर्ने भनेकाले ‘कोर टिम’माथि नै छानबिन हुनुपर्ने माग उठिरहेको छ।

अडियोसँगै सभापति लामिछानेमाथि पनि छानबिन हुनुपर्ने टिप्पणी भइरहेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि कांग्रेस सांसद धनराज गुरुङले उक्त अडियो प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका थिए। गुरुङले अडियोमा भनिएको रास्वपा ‘कोर टिम’बारे पनि संसदीय समितिमार्फत छानबिन हुनुपर्ने बताएका थिए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रास्वपा सांसद श्रेष्ठले दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताएका थिए। प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भनेका थिए, ‘अडियोका कारण तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं।’

रास्वपा ‘कोर टिम’का नाममा छानबिन हुनुपर्ने माग भइरहेका बेला सभापति लामिछाने भने ‘लोकरिझ्याइँ शैलीमा बचाउमा उत्रिएका छन्। अडियोका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने भएको छ।

प्रकाशित: २९ चैत्र २०७९ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App