५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

अनुशासन समितिको बयानमा ढाकाकुमारले भने: अडियोको आवाज मेरो होइन

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ।

मंगलबार रास्वपा अनुशासन समितिले दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो।

बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको बताएका छन्। उनले आफूलाई नियतवश फसाउन खोजिएको पनि भनेका छन्।

श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।

अडियो सार्वजनिक भएलगत्तै पार्टीले उनलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो।  स्पष्टीकरणमा पनि उनले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरेका छन्।  

प्रकाशित: २८ चैत्र २०७९ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App