coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशी प्रदेशबारे माओवादीको निष्कर्ष: कमजोरी भयो, पहिचानको पक्षमा हुनुपर्छ

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ।  

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। पार्टी निर्णयबारे जानकारी दिदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए।

उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए। त्यसै आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए।  

उनले भने, ‘बैठकले ३ वटा निर्णयहरु गरेको छ। एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ। अर्को निर्णय, आन्दोलन उठिराखेको छ। आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ। छानबिन भइरहेको छ। के कसरी भएको हो भन्ने सरकारले गर्छ। हामीचाहीँ शहीद घोषणा गर्नुपर्छ। र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ। तेस्रो कुरा, मिटरब्याजीहरुको आन्दोलन चलिरहेको छ त्यो विषयमा हामी मिटरब्याजी पीडितहरुकै पक्षमा छौँ भन्ने कुरा सरकारले छानबिन गर्नुपर्छ। अध्ययन गर्नुपर्छ। वार्ता, सम्वादबाट समस्याको हल खोज्नुपर्छ।’

बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनि निर्णय गरेको छ। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीवारसम्म पूर्णता पाउने बताए।  

प्रकाशित: २२ चैत्र २०७९ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App