८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार तुना बाँध्नमै अल्मलियोःमहामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि ‘तुना बाँध्नमै अल्मलिएकाे’ टिप्पणी गरेका छन्। 

‘सरकार दौडिन सुरु नै गरेन। अझै पनि तुना बाँधेको जस्तो छ। कहिले तुना बाँधेर बस्छ। कहिले कुर्सी खोज्छ। अल्मलिएकाे जस्तो भयो। यसले दौडिन सुरु गर्नुपर्‍याे ’, उनले बुधवार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै भने।

थापाले सरकार अल्मलिएकाे भन्दै दौडिन सुरु गर्नुपर्नेमा जोड दिए। उनले आगामी ५÷६ महिनामा सरकारले नागरिकलाई सरकारले काम गर्न सुरु ग¥यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताए।

महामन्त्री थापाले प्रधानमन्त्रीलाई हवाईजहाजको क्याप्टेनसँग तुलना गर्दै भने, ‘ प्रधानमन्त्री भनेको क्याप्टेन हो। क्याप्टेनले सिङ्गो टिमलाई साथमा लिने।’

उनले अगाडी थपे, ‘नेपाली काँग्रेस समेत सम्मिलित भएको अझ एक प्रकारले भन्ने हो भने नेपाली कांग्रेसकै नेतृत्व रहेको सरकार भर्खर बनेको छ। केन्द्रमा पनि बन्यो। प्रदेशमा पनि ३÷४ दिन भित्रमा नयाँ सरकारहरू बन्ने, बदलिने क्रम हुन्छ। कम्तीमा ८÷१० दिन समय लाग्ला  अब यो सरकारसँग छुट छैन। हामीले त प्रधानमन्त्रीलाई के भनेका छौँ भने तपाई त अब हिँडेर कहीँ पुग्छु भन्ने सोच्दै नसोच्नुस्। हिँडेर पुग्ने सुविधै छैन हामीसँग। हाम्रो सरकारसँग अब हिँडेर होइन दौडेर मात्र पुग्न सक्ने अवस्था छ। अब यतिखेर के हेर्ने हो भने अब बजेटको साइकललाई हेरौँ। जेठ १५ गते बजेट आउँछ। डेढ, दुई महिनाको समय छ। बजेट पछि पनि समय छ। सरकारले पाँच, ६ महिना सोच्ने हो। यो पाँच महिनाभित्र नेपालको सरकारले दगुर्न सुरु गरेर नागरिकहरूलाई सरकारले दगुर्न थाल्यो, गति पनि छ। लय पनि छ। सङ्कल्प पनि छ  लक्ष्यमा पनि पुग्छ । काम सुरु ग¥यो भन्ने कुराको महसुस गराएर नागरिकहरूको मनमा जुन अविश्वास देखिएको छ, भरोसा दिनुपर्‍याे ।’

प्रकाशित: २२ चैत्र २०७९ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App