२६ आश्विन २०८३ सोमबार
image/svg+xml

बूढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने लक्ष्य

आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरि २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षा ऐन छिटै ल्याइन्छ : मन्त्रालय

मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतमले नयाँ आउन लागेको शिक्षा ऐन पूर्ण रूपमा विद्यार्थीलाई केन्द्रमा राखेर निर्माण गरिने प्रतिबद्धता जनाए।

नगरकोटमा चारदिने ‘चङ्गा चेट’ उत्सव

दसैंको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैं उत्सव आयोजना हुने भएको छ।

‘एमाले कहिले बिग्रिएको थियो र सुध्रिनलाई ?

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार सञ्चारकर्मीहरूले ‘एमाले अब पूर्ण रूपमा सुध्रिएको हो ?’ भनी सोधेको प्रश्नमा अध्यक्ष ओलीले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘कहिले बिग्रिएको थियो र ?’

पल शाहले सम्झिए संघर्षका दिन: बसको छतमा बसेर दशैंमा दाङ फर्किनेदेखि स्टारसम्म

सोमबार पलको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर रिलिजको कार्यक्रममा पल पुराना दिनहरूलाई सम्झेका छन्।

पूजा–हवनमा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बिक्री गर्न रोक

सरकारले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ।

कांग्रेस उम्मेदवार विनिता खड्का हिरासत मुक्त, बाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

प्रहरीमा परेको जाहेरीअनुसार चौलागाईंसहितका व्यक्तिहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै १५६ जनालाई इजरायल पठाइदिने आश्वासन दिएर दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप छ।

सुदूरपश्चिम प्रदेश : बजेटमा बेथिति रोकिएन, नयाँ बजेट पनि विवादमा

सत्तापक्षकै सांसद र सरकारका मन्त्री समेतको असन्तुष्टिका कारण सोमबार प्रदेशसभा बैठकमा बजेट माथि छलफल हुन सकेन।

कपिलवस्तुमा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना, १ हजार ९ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

बडादसैँ, लक्ष्मीपूजा र छठ पर्वका समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन उक्त योजना ल्याइएको हो।

अब सवारी दर्ता र नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय जानु नपर्ने

पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।

मोदीलाई फाइदा पुग्ने गरी मतदाता हटाइएको भन्दै सर्वोच्च घेर्न पुगे विपक्षी दल

मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर मोदीको दललाई फाइदा पुर्‍याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सर्वोच्चतर्फ र्‍याली निकालेका छन्।

अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल बनाएका हल र उडफोर्डलाई नोबेल पुरस्कार

अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय चलचित्रमा नेपाललाई सफलता, ‘गौथली’का डा.रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हासिल गरेको यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्