१९ वैशाख २०८१ बुधबार
image/svg+xml

सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई घर पठाइदिऊँ: गगन थापा

उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्।

‘कांग्रेस भुइँमा बस्नेले जोगाएका हुन्’

‘कांग्रेसजन अन्योलमा देखिन्छन्, कतै बरालिनु हुँदैन। देश अप्ठेरोमा परेको बेला कांग्रेसले सम्हालेको छ, अब पनि कांग्रेसले नै निकास दिन्छ।’

दाहाललाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन्।

काँग्रेसले ८४ को चिन्ता गर्ने होइन आज सम्हाल्ने हो: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनलाई लिएर चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको मंगलबार बागलुङमा उद्घाटन गर्दै महामन्त्री थापाले काँग्रेसले भविष्यको चिन्ता गरेर बस्ने भन्दा वर्तमानलाई सम्हाल्नुपर्ने मुख्य जिम्मेवारी रहेको बताए।‘

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन्।

प्रधानमन्त्री र मन्त्रीले ३ महिना अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गर्नुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह गरेका छन्।

सरकार तुना बाँध्नमै अल्मलियोःमहामन्त्री गगन थापा

पाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि ‘तुना बाँध्नमै अल्मलिएकाे’ टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीले ‘मैले काम गर्छु’ भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन्: गगन थापा

नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए।

नागरिकता कानून यही सत्रमा टेबल गरः गगन थापा

प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छः महामन्त्री थापा

बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए।

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैनः गगन थापा

बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डामा निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनारा जस्तो भएको बताएका हुन्।

कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छः महामन्त्री थापा

‘खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ’, उनले भने।

हामी चुनाव जित्छौँ, पाँच वर्षको कार्य योजनासहित अगाडि बढौँः गगन थापा

निर्वाचन आउँन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भइ नेपाली काँग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउन समेत मतदाताहरूलाई आग्रह गरे।

उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने व्यवस्था उपयुक्त: गगन थापा

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्