२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नामाकरणको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: अशोक राई

फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशमा देखिएको नामाकरणको विवाद वार्ताको माध्ययमबाट समाधान गर्नुपर्ने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा राईले प्रदेशको नामाकरणको विषयमा देखिएको विवाद वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका हुन्।

‘लोकतन्त्रमा असहमति जनाउन पाईने भएकाले सरकारले जे निर्णय गर्छ त्यसैलाई शिरोधार्य गर्नुपर्छ भन्ने हुँदैन’ उनले भने ‘नामाकरणको विषयमा देखिएको विवाद वार्ताबाट समाधान गर्नुपर्छ।’ कोशी प्रदेशमा सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा प्रदेश स्तरबाट निर्णय हुने राईले संकेत गरेका छन्। ‘प्रदेश भनेको छुट्टै आफ्नो अस्तित्व भएको सरकार हो नि,उनले भने‘यो केन्द्रको मातहतको इकाई त होइन नि।’

कोशी प्रदेशसभामा ९३ सदस्य छन् र बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।  हाल एमाले नेतृत्वको सरकार छ। जसलाई  एमालेका ४०, राप्रपाका ६, माओवादी केन्द्रका १३ र जसपाका १ जना  गरी ६० जना सांसदको समर्थन छ। केन्द्रमा कांग्रेस , माओेवादी केन्द्र नेकपा एकीकृत समाजवादी, जसपासहितको नयाँ समीकरण बनेको छ।  केन्द्रमा बने अनुसार प्रदेशमा पनि नयाँ समिकरण बने कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकिकृत समाजवादीका ४ र जसपाको १ जना सांसदले ४७ जनाको बहुमत पुग्छ। तर, संघमा नयाँ समिकरण बनेपनि प्रदेशमा अझैसम्म माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन्।  

प्रकाशित: १९ चैत्र २०७९ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App