coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेबाट उपनिवार्चनका लागि तनहुँमा खनाल र चितवनमा न्यौपाने

नेकपा एमालेले १० वैशाखमा हुने उपनिवार्चनका लागि तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले तनहुँ क्षेत्र नम्‍बर १मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

उनले भने, ‘बारा–२ को उम्मेदवार भोलि सम्म टुङगो लाग्छ। त्यस क्षेत्रको राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइनेछ।’ 

तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन्। यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए।

खनाल यसअघि काठमाडौं क्षेत्र नम्बर ६बाट चुनाव लडेका थिए। उक्त क्षेत्रबाट शिशिर खनाल निर्वाचित भएका थिए।  चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन्। जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो।

न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं। ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन्।

प्रकाशित: १८ चैत्र २०७९ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App