४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसबाट आज ४ जनाले मात्र मन्त्री पदको सपथ लिने

सत्तागठबन्धनमा सहमती भए अनुसार नेपाली काग्रेसले ८ मन्त्रालय पाए पनि आज ४ जना मात्र मन्त्रीले सपथ लिने बुझिएको छ।  

शेखर गगन समूहले नाम नदिएपछि कांग्रेसबाट आज ४ जनामात्र मन्त्री बन्ने बताईएको छ।  

पहिलो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकटका ४ जनालाई मात्रै सरकारमा पठाउने भएका छन्। शेखरगगन समूहले ३ मन्त्रालयको अडान नछाडेपछि देउवाले पहिलो चरणमा आफू निकटका चारजनालाई मन्त्री बनाउन लागेका हुन्।

कांग्रेसबाट सरकारमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन। यस्तै, डा। प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने भएका छन्।मन्त्रीहरूको शपथ आजै ३ बजे गर्ने तयारी गरिएको छ। 

प्रकाशित: १७ चैत्र २०७९ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App