coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकता कानून यही सत्रमा टेबल गरः गगन थापा

प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘हाम्रो बिचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानहरुले संविधानत्ः नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयहरुलाई कार्यान्वयन गर्ने सन्दर्भ जसमा हामी एकमत छौँ। ती विषयहरुलाई मात्र समेटेर भएपनि सरकारलाई अविलम्ब संसदबाट पारित गर्ने गरी नागरिकता सम्बन्धी कानून यही सदनमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु।’

उनले राजनीतिक दलहरुका बिचमा सहमती भइसकेका विषयहरुलाई समेटेर नेपाली बाबुआमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्ने बताए।  

प्रकाशित: १५ चैत्र २०७९ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App