राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।
उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारी लगायत पार्टीका सांगठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ। रासस
प्रकाशित: १३ चैत्र २०७९ ०६:१९ सोमबार