१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘गौतमबुद्ध क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ’

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।

आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो आग्रह गरेका हुन्। 

उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहन सक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गरे।

उनले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भएपनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

प्रकाशित: १२ चैत्र २०७९ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App